Logo

युवा नेता दिपक महतोको पहलमा वरहथवाले पायो १०० मेटृक टनको क्षमता भएको खाद्य गोधम घर साथै स्यालो ट्युववेल

काठमाडौँ ,

युवा नेता महतोको पहल तथा कृषि मन्त्रलयको अगुवाईमा वरहथवा नगरपालिकाले ८४ लाख वरावरको खाद्य गोदाम घर निर्माण गरिने भएको छ।

उक्त खादय गोदाम घर वरहथवा-५ स्थित साना किसान सहकारी संस्थाले आफ्नो जग्गामा निर्माण गर्ने भएको छ । ८४ लाखको लागतमा १०० मेटृक टन क्षेमता भएको खाद्य गोदाम घर तथा १० लाखको लागतमा उखु किसानका लागी स्यालो ट्युववेल जडान गरिने भएको छ।

तत्कालिन कृषि मन्त्री महेन्द्र यावद तथा सचिवालयको पहलमा ५० % रकम ४२ लाख संघीय सरकारले विनियोजन गरि वरहथवा नगरपालिकालाई पठाइदिएकोछ । कृषि पूर्वाधार विकास तथा यान्तृकरणका लागी उखु पकेट क्षेत्रमा स्यालो ट्युववेल जडानका लागि नगद १० लाख वरावरको वरहथवा नगरपालिकाको लागि विनियोजन गरिएकोछ।

प्रतिक्रिया दिनुहोस्