Logo

डीआईजी सुदीप गिरीले सम्हाले १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुखको कमाण्ड

प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदीप गिरीले १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुखको कमाण्ड सम्हालेका छन् ।

सुदीप गिरी केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए । यस अघि प्रदेश प्रहरी प्रमुख रहेका अरुण कुमार वि सि एआईजीमा बढुवा भएपछि प्रदेश प्रहरी प्रमुख पद रिक्त रहेको थियो । रिक्त रहेको प्रदेश प्रहरी प्रमुख पदमा डीआईजी गिरीलाई पदस्थापन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्