Logo

सरकारी सुविधाको गाडी बेचेर रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

काठमाण्डाै – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूले सरकारी सुविधाबापत पाएको गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ । धरान उपमहानगरका सडकका खाल्डाखुल्डी पुर्न रोलर नभएको अवस्थामा आफूले गाडी चढ्नु उपयुक्त नहुने भन्दै उहाँले गाडी बेच्ने घोषणा गर्नुभएको हो ।

गाडी बेचेर रोलर किन्ने मेयर राईको प्रस्ताव कार्यपालिकाको बैठकले पारित गरिसकेको छ। मेयर राईले अहिले पनि सरकारी सुविधाको गाडी निकै कम चढ्ने गर्नुभएको छ । उहाँले व्यक्तिगत मोटरसाइकल चढ्दै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्