Logo

जापान डुब्यो शोकमा

पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि सम्पूर्ण जापान नै अहिले गहिरो शोकमा डुबेको छ ।

हिंसाको एक असामान्य कार्यले देश नै स्तब्ध बनेको छ ।

शनिबार शोकाकुल मानिसहरूको समूह पश्चिमी शहर नारामा आबेको रक्तपातपूर्ण हत्या भएको स्थलको भ्रमण गरेको छ ।

जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेलाई शुक्रबार बिहान ४१ वर्षीय व्यक्तिले एउटा चुनावी सभामा हत्या गरेका थिए ।

बेलाई गोली लागेपछि नारा अस्पताल लगिएको थियो ।

आक्रमणको साढे पाँच घन्टापछि उनलाई मृत घोषित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्