Logo

कोरिया गएका १४ नेपाली पक्राउ

कोरियन सरकारले अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्रा’उ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया १४ जना नेपाली श्रमिक पक्रा’ऊ परेका त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

यहाँको खोहुङगुन क्षेत्रमा कार्यरत १४ नेपाली मौसमी कामदार हराएको भन्ने रोजगारदाताको उजुरीका आधारमा उनीहरुलाई पक्रा’ऊ गरिएको बताइएको छ ।
उनीहरु गतवर्ष डिसेम्बर महिनामा नेपालको कन्काई नगरपालिकाबाट मौसमी कामदार भिसा कार्यक्रममार्फत कोरिया प्रवेश गरेका थिए । पाँच महिनाका लागि रोजगारदातासँग श्रम सम्झौता भए पनि सम्झौताको चौँथो महिना मार्चमा भागेका बताइएको छ ।

रोजगारदाताले श्रमिकले अघिल्लो दिनसँगै काम गर्दा आफू काम छोडेर अन्यत्र जान लागेको जानकारी नदिएको तर भोलिपल्ट बिहान उठेर कामको तयारी गर्न लाग्दा कामदार भागिसकेको बताएका छन् ।

कम्पनीले उनिहरुका साथीहरुमार्फत खोजी गर्दा नेपालबाट कोरिया आउँदा नै यहाँ आएर भाग्ने पूर्व योजना नै रहेको हुन सक्ने बताए ।

सम्झौता गरेको रोजगारदाताकहाँबाट भागेका मौसमी कामदारलाई सहयोग गरेको सीसीटिभी फुटेजमा देखिएका अन्य नेपालीलाई पनि प्रहरीले सोधपुछ गरिरहेको राईले बताए ।

मौसमी कामदारसँग पनि चर्को रकम असुलेर कोरिया ल्याइँदा श्रमिक ठगिने गरेको र उनीहरूको भागेर लुकेर काम गर्नुपर्ने बाध्यता रहेको राईको भनाइ छ ।

यता नेपाली दूतावास सिओलले भने के कति नेपालीलाई यहाँको सरकारले पक्राऊ गरी स्वदेश फिर्ता गर्यो भन्ने सूचना नआएको जनाएको छ ।

कोरियामा पक्राऊ परेको व्यक्तिको अनुमतिविना व्यक्तिगत जानकारी दिन नमिल्ने भएकाले कुनै पनि अभियोगमा पक्राऊ परेका नेपालीका विषयमा दूतावासमा जानकारी नआउने उपनियोग प्रमुख रामसिंह थापाको भनाइ छ ।

गत महिना कोरियाको न्याय मन्त्रालयले नेपाल सरकारलाई ३ हजारको संख्यामा मौसमी कामदार पठाउन औ(पचारिक आग्रह गरेपनि नेपालले त्यो प्रस्तावलाई अस्वीकार गरेको दूतावासको भनाइ छ ।

नेपाल सरकारको मुख्य प्राथमिकता ईपियस प्रणाली नै भएकाले मौसमी कामदार पठाउन नमिल्ने जवाफ नेपालले पठाएकाले मौसमी कामदारका विषयमा दूतावासले केही गर्न नमिल्ने सिंहले बताए ।

जुन महिनाको अन्त्य सम्ममा २ सय ४५ पुरुष र ३५ जना महिलागरी २ सय ८० जना नेपाली श्रमिक मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेको त्यहाँको अध्यागमन कार्यालयको तथ्याङ्क छ।

प्रतिक्रिया दिनुहोस्