Logo

पहिलो पटक नेपालबाट भारतमा स्टिल निर्यात

भारतमा पहिलो पटक नेपालबाट स्टिल (छड) को निकासी सुरु भएको छ । भैरहवामा रहेको श्रीस्टिलले बुधबार बेलहिया नाका हुँदै भारतमा पहिलो पटक एक ट्रक स्टिल निकासी गर्न लागेको हो ।

श्रीस्टिलका सञ्चालक राजेश अग्रवालकाअनुसार बुधबार भारतको नौतुनुवामा कम्पनीको एक ट्रक स्टिल निकासी हुन लागेको हो ।
करिब २५ लाख रुपैयाँ बराबरको स्टिल निकासी गरेर नेपालबाट स्टिल पनि निकासी हुन्छ भन्ने सन्देश दिन र निकासी एउटा प्रक्रिया सुरु गर्न लागिएको अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस्