Logo

चीनले बनायो प्लास्टिक खाने माछा

चीनका वैज्ञानिकहरुले एउटा यस्तो माछा तयार पारेका छन् जसले सुक्ष्म प्लास्टिक अर्थात् माइक्रो प्लास्टिक खाएर आफ्नो पेट भर्दछ । योसँगै अब समुद्रबाट माइक्रोप्लास्टिकको समस्या समाधान हुने आशा जागेको छ ।

चीनको दक्षिण पश्चिमस्थित सिचुआन विश्वविद्यालयका वैज्ञानिकहरुले उक्त विशेष रोबोटिक माछा तयार गरेका हुन् । यो रोबोटिक माछाले माइक्रोप्लास्टिक खाने गर्दछ । यो रोबोटिक माछाको विकाससँगै अब भविष्यमा समुद्रमा माइक्रोप्लास्टिक प्रदूषणको समस्या हट्ने अपेक्षा गरिएको छ ।

उक्त रोबोटिक माछाको विकास गर्ने वैज्ञानिक वांग युयानका अनुसार यो माछा देख्दा र छुँदा ठ्याक्कै वास्तविक माछा जस्तै अनुभूति हुन्छ । यसको लम्बाइ १।३ सेन्टिमिटर अर्थात् आधा इन्च मात्रै छ । यो रोबोटिक माछाले पानीमा रहेको माइक्रोप्लास्टिकलाई खाने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्