आजभन्दा करीब ६० वर्षअघि अमेरिकाले यस्तो ठाउँमा परमाणु बम विस्फोट गराएको थियो, जुन त्यस समयमा अकल्पनीय थियो । त्यस्तो ठाउँमा पनि परमाणु बम विस्फोट गराइन्छ कसैले सोचेको पनि थिएन ।
पृथ्वीभन्दा ४ सय किलोमिटर माथि अन्तरीक्षमा उक्त परमाणु बम विस्फोट भएको थियो । त्यस समय उक्त दृश्य हेर्नका लागि मानिसहरु हवाई टापुस्थत होनोलुलुको तटमा जम्मा भएका थिए । अन्तरीक्षमा परमाणु बम विस्फोटका असरहरु हेर्न उनीहरु लालायित थिए ।
उक्त विस्फोटका क्रममा आकाशमा उत्तरी प्रकाश [नर्दन लाइट्स] जस्तै प्रकाश तैरिएको देखिएको थियो । यो घटना सन् १९६२ जुलाई ९ को हो । अन्तरीक्षमा हुन गइरहेको अविश्वसनीय र अलौकिक घटना हेर्नका लागि हवाई टापुको होनोलुलुमा मानिसहरु तटमा जम्मा भएर व्यग्रताका साथ पर्खिरहेका थिए ।
त्यसक्रममा मानिसहरुले अन्तरीक्षमा भएको विस्फोट त देखे नै उत्तरी ध्रुवमा देखिने अरोरा बोरिएलिस अर्थात् नर्दन लाइट्सको पनि आनन्द लिन पाए । तर उक्त विस्फोटका कारण विभिन्न ठाउँहरुका विद्युतीय उपकरणमा क्षति पुगेको थियो ।














प्रतिक्रिया