Logo

अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार हुँदै

कोभिड–१९ सङ्क्रमित अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् ।
शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फ्रेन्स मार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्