Logo

सलमानले दिए हतियार लाइसेन्सको लागि आवेदन

बलिउडका सुपरस्टार सलमान खानलाई हालै ज्यान मार्ने धम्की आएपछि आफ्नो सुरक्षाका लागि उनले ठूलो कदम चालेका छन् । सलमान खानले आफ्नो सुरक्षाका लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका छन्, जसको लागि उनी आयुक्तलाई भेट्न मुम्बई पुलिस स्टेशन पनि पुगेका छन् । यस क्रममा सलमान खानका कयौं तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा तीब्र रुपमा भाइरल भइरहेका छन्न् ।

सलमान खानलाई प्रहरी चौकीमा देखेपछि सबै जना निकै उत्साहित भएका थिए । साथै सेल्फी र तस्वीर खिच्नका लागि सलमान खानको वरिपरि भीड नै जम्मा भएको थियो । यस क्रममा सलमान खानले सबैसँग फोटो खिचाएका थिए । प्रहरी चौकीबाट बाहिर निस्किएपछि समालनका फ्यानहरु पनि उनको एक झलक हेर्न निकै उत्साहित देखिए ।

 

प्रतिक्रिया दिनुहोस्