Logo

पतिबियोगमा रहदा पनि समाजको अपहेलना सहेर छोरालाई शिक्षक बनेको हेर्ने सपनामा आधारित चलचित्र ‘प्रकाश’

यहि भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रकाश’ मा दिया मास्केले घरमुलीको भूमिका निर्वाह गरेकी छिन्। बिगत लामो समयसम्म टेलिभिजन शो ‘रोडिज’ मा मोडर्नको भूमिकामा रहेकी दिया चलचित्र ‘प्रकाश’ मा भने एक बिकट जिल्ला जुम्लाको भुइँ मान्छेको भूमिकामा रहेकी छिन्। चलचित्र क्षेत्रमा लामोसमय बिताएकी दिया आफ्नो चलचित्र क्षेत्रको यात्रालाई सफल बनाउनको लागि ‘प्रकाश’ मा पनि निकै नै मेहेनत गरेकी उनि बताउछिन्। ४५ दिनमा छायांकन सकिए पनि उनले भने २ महिना नै जुम्लामा बिताएकी थिइन्।

उनि दुइ साता जुम्लामा बढी बस्नुको कारण आफ्नो कलालाई अझ उतक्रिस्ट बनाउनु थियो। एसएलसी पछि नेपालि भाषा जानेकी , बाल्यकालमा कुनै पनि चुनौती ब्यहोर्नु नपरेको , दियाको चलचित्र ‘प्रकाश’ मा गरेकी अभिनयमा भने निकै नै चुनौतिपूर्ण रहेको थियो। आफ्नो उमेर भन्दा बढी उमेरको भूमिकामा बाधिएकि दिया चलचित्र ‘प्रकाश’ मा भने प्रदिप खड्काको आमाको भूमिकामा रहेकी छिन्।

चलचित्र ‘प्रकाश’ मा आफु बिधवा रहेर पनि छोरालाई शिक्षक बनाउन मिहिनेत गरेकी पात्र हुन् सिता। जुम्लाको द्वन्दमा परेर आफ़्न्नो श्रीमान गुमाएर बिधवा भएपछी आफु एक्लैले परिवारको जिम्मेबारी , सन्तानको दायित्व निर्वाह गरेकी छिन्। पतिबियोगमा बाची रहेको समयमा समाजले परिवारमा अपहेलना गरि रहदा पनि छोरालाई शिक्षक बनेको हेर्नको लागि कठोर मेहेनत गरेको भूमिकामा छिन् दिया चलचित्र ‘प्रकाश’ मा। जुम्लामा बसोबास गर्नुहुने नागरिकको दिनचर्या , संघर्सबाट आफु प्रेरित भएको उनले बताएकी छिन्। जुम्लाको नागरिकको संघर्स , रितिरिवाज ,परम्परा , दुखलाई बुज्नको लागि उनले जुम्लामा छायांकान बाहेक दुइ साता बढी बिताएकी छिन्। उनले जुम्लामा रहदा सामान्य नागरिकले गर्ने हलो जोत्ने देखि डोको बुन्ने काम समेत गरिन।

उनले आफूलाई जुम्लेली नै बनाइन । त्यसले उनलाई क्यारेक्टरमा रहन मदत गर्यो । त्यो समयमा उनको हात , खुट्टा , ओठ पनि फुटेका थिए । समय बित्दै गएपछि रगतसम्म आउथ्यो । त्यसबाट उनलाई रिकभर हुन् अहिलेसम्म समय लागेको छ । केहि असर अझैँ बाँकी छन् । ‘सबै कुरा मेकअपमा मात्र डिपेन्ड हुनु हुन्न् भनेर ४५ दिन जति देखिने शरीरको भागलाई सफा गरिन् । किनकी बाहिरी आवरणले मात्र त्यो पात्रमा जीवन भर्न सहज थिएन’ दीयाले भनिन् ।

पहिलोपटक दलनमा काम गर्दा निकै समस्या झेलेकी दीया अहिले भने क्यारेक्टरलाई सजिलै एडप्ट गर्नुका साथै छाड्न पनि सक्छिन् । यद्दपि त्यसका लागि उनले गर्ने मेहनत छदैछन् । सिताको भूमिका निर्वाह गर्दै गर्दा उनलाई केहि निर्देशकले अब आफ्नो उमेर अनुसारको भूमिका नपाउन सक्ने तर्फ संकेत पनि नगरेका होइनन् । तर यसलाई उनी सहजै लिन्छिन । ‘मैले कुनै क्यारेक्टर गर्छु भने त्यहाँ दीया नभई त्यहिँ क्यारेक्टर देखिनु पर्छ । त्यहिँ प्रयाश रहन्छ । मैले एउटा रोल गर्दा अर्को खोसिन्छ भने त्यसमा म सोच्दिन’ उनले भनिन् ।

जुम्लेली महिलाले गर्ने काम , बानिब्यवारा चलचित्र ‘प्रकाश’ मा सीताले गरेकी छिन्। पर्दामा आफ्नो भूमिका अशुहाउदो नदेखिनको लागि उनले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको बताएकी छिन्। उनले जुम्लामा भाषामात्र नभई जुम्लेलीको जिवानाशैल्मा पनि पस्ने प्रयास गरेकी छिन्। उनले घास हाल्ने डोको बोक्ने तरिका , थाप्लो चुल्ठो बाट्ने तरिका , सुल्पा खाने बानि पनि सिकिन। उनि खेतको डाडापाकामा पुगेर मल छर्ने , हलो जोत्ने काम समेत गरिन। उनले छायांकनको समयमा जुम्लेली जीवन बिताइरहदा , शारीरिक रुपमा अस्वस्थ पनि भइन।

उनले चलचित्र ‘प्रकाश’ को पात्र सीतालाई दर्शकले रुचाउनको लागि मानसीक रुपमा तयारि गरेता पनि शारीरिक रुपमा भने सिंगार गर्ने सोचेकी थिइन् तर जुम्ला पुगेपछि उनले सिंगारको सहारा नलिएर जुम्लेली महिलाको भेस अपनाउने सोच बनाइन्। फलत : चलचित्रमा देखिएको अभिनय उनले स्थानियाकै भेसमा गरेको प्रतिफल हो।

प्रतिक्रिया दिनुहोस्