आफूलाई सिरियल किलर चाल्स शोभराजकी श्रीमती बताउने निहिता विश्वासले नेपालमा सुरक्षा थ्रेट रहेको भन्दै आफूहरूले फ्रान्स जान चाहेकाे बताएकी छन् ।
सर्वोच्च अदालतको बुधबारको आदेशपछि आज चाल्स शोभराज जेलमुक्त भएका छन् । उनलाई फेरि नेपाल फर्किन नमिल्ने गरी फ्रान्स पठाउने तयारी अध्यागमन विभागले गरिरहेको छ । शोभराज जेलमुक्त भएलगत्तै विश्वासले आफूहरूले पनि फ्रान्स नै जान चाहेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘यहाँ हामीलाई सुरक्षा थ्रेट छ । हामी फ्रान्स नै जान चाहन्छौँ ।’
प्रतिक्रिया