Logo

छक्का पञ्जा ४ देश भर प्रदर्शन

आज बाट फिल्म छक्का पञ्जा ४ रिलिजमा आएको छ ।

रिलिजको पहिलो दिन हलमा दर्शकको भिड राम्रै देख्न सकिन्छ । दर्शकले फिल्मको सम्पृर्ण कथावस्तु साथै कलाकारहरुको अभिनयलाई रुचाएको प्रतिक्रिया दिएका छन् । हेमराज बिसिको निर्देशनमा बनेको फिल्ममा दिपक राज गिरि , केदार प्रसाद घिमिरे , बेनिशा हमाल , दिपा श्री निरौला , निर शाह ,राज आचार्य , निर्मल शर्मा , बुद्धि तामाङ् ,लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

राजनैतिक कथाबस्तुलाई मुख्य केन्द्रबिन्दुमा राखेर फिल्म निर्माण गरिएको छ । फिल्मलाई दर्शकले मन पराएकोमा निर्माण टिम पनि खुसि देखिएका छन् । युवाहरुको विषयवस्तु लाई समेटेर यसपटक फिल्म निर्माण गरिएको फिल्मका मुख्य नायक दिपक राज गिरिले बताएका छन् । फिल्मको कथा दिपक स्वयमले लेखेका हुन । आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरु दीपेन्द्र खनिया र केशव न्यौपाने हुन । यसकासाथै केदारप्रसाद घिमिरे र निर्मल शर्मा फिल्मका कार्यकारी निर्माता हुन ।

प्रतिक्रिया दिनुहोस्