काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न प्रधानमन्त्री शाह केहीबेरअघि शीतल निवास पुगेका हुन् ।
भेटमा सरकारले थप अध्यादेश सिफारिस गर्ने तथा राष्ट्रपतिबाट जारी हुन बाँकी रहेका अध्यादेशका विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । लामिछानेसँगको भेटलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपति भेट्न पुगेका हुन् ।
प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटमा अध्यादेशसँगै अन्य समसामयिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।




















प्रतिक्रिया