Logo

गाउँ गाउँमा हल खोलिनुपर्ने : अध्यक्ष केसी

सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् नामक फिल्म हल सञ्चालनमा आएको छ । निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जनले छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनासँगको सहकार्यमा हल ल्याएका हुन् ।

हलको बिहीबार साँझ चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी, काठमाडौँ क्षेत्र नम्बर ८ सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारीलगायतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोर्ड अध्यक्ष केसीले फिल्म हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताएका छन् । नयाँ फिल्म हल खुल्नु कलाकारका लागि खुसीको कुरा भएकाले गाउँ गाउँमा हल खोलिनुपर्ने बताएका छन् सांसद श्रेष्ठ, उपमेयर अधिकारी लगायतले हलको सुरुवात भएका खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिएका छन् ।

अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको हलमा ३ सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको हलमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए । दुईवटा पर्दा रहेको हलमा शुक्रबारबाट फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्