Logo

आर्थिक मन्दीको विशेष परिस्थिति सिर्जना भईसकेको छ, सरकारले घोषणामात्रै नगरेको होः रवि लामिछाने

काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा आर्थिक मन्दीको अवस्था सुरु भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) कैलालीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले देशमा अहिले विशेष परिस्थिति सिर्जना भएको बताएका हुन् । साथै, अहिले जनता सहकारी र लघुवित्तको पासोमा परेको उनको भनाई छ ।

‘जनताहरु लघुवित्तको पासोमा परेका छन् । सहकारीका पीडितहरु अहिले पनि दर्दानक अवस्थामा छन् । यो क्लोजिङको बेलामा कतिजना व्यवसायीहरुले कसरी तिर्न सक्नुहुन्छ ? रिपेमेन्ट प्लान भन्ने केही पनि गरेको छैन सरकारले । विशेष परिस्थिति सिर्जना भएको छ । सरकारले घोषणा पो नगरेको त । आर्थिक मन्दीको अवस्थामा छ भनेर त सबै सूचकहरुले बताइसकेका छन्,’– उनले भने ।

सरकारले यी सबै कुरालाई वास्ता नगरेर पुरानै शैली र ढर्रामा बजेट ल्याएको उनको आरोप छ । अहिलेको परिस्थितिलाई सरकारले नजर अन्दाज गर्नुको कारण आफूले बुझ्न नसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्