Logo

आज सरकारमा सहभागी ७ दलको वैठक वालुवाटारमा जारी, के प्रधानमन्त्रीले राजीनामा देलान त ?

काठमाडौ – सरकारमा सहभागी ७ दलको वैठक वालुवाटारमा जारी रहेको छ । बैठकमा प्रमुख प्रतिपक्षले हिजोबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि बोलेको अभिव्यक्ति देशसहित विरोधी भएको भन्दै राजीनामा मागेर सदन अवरुद्ध गरेको छ । समसामयीक राजनैतिक विषयमा दलका प्रमुख नेताहरु विच वालुवाटारमा छलफल जारी रहेकोछ । आज बसेको वैठकमा नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको विषयमा छलफल उठेको छ ।

प्रतिक्रिया दिनुहोस्