Logo

सवारी चालकहरूको लागू पदार्थ सेवन चेक जाँच अभियानको सुरुवात

सडक सुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ यही आषाढ १९ गतेबाट कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा एकै साथ संचालन भईरहेको “ट्राफिक सप्ताह २०८०” को छैठौँ दिन सवारी चालकहरूमा लागू पदार्थको सेवन विरुद्धको सचेतना र चालकहरूले सवारी चलाउँदा लागू पदार्थको सेवन गरे नगरेको चेक जाँच अभियान सुरुवात गरिएको छ ।

कोशी प्रदेशका १४ वटै जिल्लाहरुको बिभिन्न २० स्थानमा एकैसाथ लागू पदार्थ सेवन विरुद्धको चेकजाँच गर्दा चेकजाँच गरिएको ५१ चालकहरू मध्ये १८ जनाले लागू पदार्थ सेवन गरेको देखिएकोले कानुन बमोजिम कारवाही गर्न नजिकका जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयहरूमा जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्