Logo

काठमाडौं ठमेल स्थित ओमनिया क्लबका संचालक तथा सुरक्षामा खटिएका कर्मचारीहरू माथि कुटपिट गरी फरार रहेका व्यक्तिहरू पक्राउ

कुटपिट गरि फरार व्यक्ति नियन्त्रणमा
का.जि.का.म.न.पा ठमेल स्थित रहेको ओमनिया क्लबमा असारको पहिलो हप्ता सानु भाई भन्ने युवाराज गुरुङ समेतका समुह गएकोमा उक्त क्लवमा आएका सेवाग्राहीसँग वाद विवाद भई झै-झगडा भएकोमा सो क्लवका संचालकले सानुभाई क्ल्वको सोफामा लुकी बसेको लगायतको विवरण भन्दै हिडेको भनि सानुभाई समेतको टोलीले मिति २०८०/३/१५ गते राती २:०० बजेको समयमा उक्त कल्बका संचालक राजेन्द्र गुरुङ तथा सुरक्षामा खटिएका कर्मचारीहरु माथि कुटपिट गरि फरार रहेकोमा यस जिल्ला प्रहरी परिसर काठमाण्डौको विशेष टोलिले खोजतलास गर्ने क्रममा मिति २०८०/३/२९ गते अ:९:३० बजे का.जि च.न.पा नागढुङ्गावाट नियन्त्रणमा लिईएको ।

पक्राउ परेका व्यक्तिहरु
१.जि.नवाकोट ककनि ५ घर भई का.जि.का.म.न.पा गंगवु वस्ने वर्ष ३३ को सानु भाई भन्ने युवराज गुरुङ ।
२.का.जि टोखा न.पा १० घर भई हाल मनमैजु बस्ने बर्ष ३३ को बिक्रम अधिकारी ।

३.जि तनहु व्यास न.पा २ घर भई बस्ने बर्ष ३२ को सुवास कायष्थ ।
४.जि तनहु व्यास न.पा २ घर भई बस्ने बर्ष ३२ को सुरज कायष्थ ।
५. जि नुवाकोट पञ्चकन्या गा.पा ५ घर भई हाल का.जि.का.म.न.पा गंगवु वस्ने वर्ष २९ को कमल तामाङ ।
६.जि.नवाकोट ककनि ५ घर भई का.जि.का.म.न.पा गंगवु वस्ने वर्ष ३५ को निरज गुरुङ ।

साथै सो वारदातमा संलग्न रधु तामाङ ,विनोद तामाङलाई वारदात पश्चात तत्कालै तथा शेरलाल पौडेललाई मिति २०८०/३/२३ गते पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान कार्य भई रहेको ।

प्रतिक्रिया दिनुहोस्