Logo

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाले राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा मोटरसाइकल हस्तान्तण गरेको छ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाले राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा मोटरसाइकल हस्तान्तण गरेको छ मोटर्साइकल पायपछि आविस्कार केन्द्रका महाविर पुन आफनो सोस्ल साईड एसो लेखछन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अर्थात बग्गीखानाले राष्ट्रिय आविष्कार केन्द्रलाई १० देखि १३ बर्ष सम्म पुरानो राम्रो हालतको १० वटा मोटरसाइकल दान गर्यो । ति मोटरसाइकलहरुको हस्तान्तरण एसपी सन्तोष आचार्य ज्यूले गर्नु भएको थियो । हस्तान्तरणको पत्र प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल ज्यूले पठाउनु भएको थियो । दानको लागी धन्यबाद छ ।

ति मोटरसाइकलहरु मध्य २ ओटा जति राष्ट्रिय आविष्कार केन्द्रको तत्काल प्रयोगको लागी राखेर अरु सबैलाई विद्युतीय मोटरसाइकलमा रुपान्तरण गरिनेछ र परीक्षण गरिनेछ ।

नोट: राष्ट्रिय आविष्कार केन्द्रलाई कवाडीखाना र मर्मत केन्द्र भन्ने गोक्तेहरु मज्जाले हाँस्नु होस । अनि गोक्तेकाजीहरुले बुझ्नु होस् कि विद्युतीय मोटरसाइकल बनाउने भनेको मर्मत गर्ने होइन । निकै नै बुद्धि लगाउनु पर्छ । हावा गफ गरेर विद्युतीय मोटरसाइकल बन्दैन । कुरा बुझ्नु भो ?

प्रतिक्रिया दिनुहोस्