Logo

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र न ४ सुनसरीको क्षेत्रीय सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र न ४ सुनसरीको क्षेत्रीय सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहनु भएका ज्ञानेन्द्र बहादुर कार्की, विशिस्ट अतिथि काङ्ग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला र प्रदेश सभा सदस्यद्वय हाजी इसराइल मन्सुरी र सदानन्द मण्डल, काङ्ग्रेसका युवा नेता डाक्टर अबुल हुसैन अन्सारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र-४ का क्षेत्रीय सभापति ऐयुब अन्सारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिब जुगेश्वर यादवले गरेका थिए ।

यसैगरी कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी सभापति केदार भण्डारी, बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद मिया लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे । सम्पुर्णमा जय नेपाल !

प्रतिक्रिया दिनुहोस्