Logo

धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक युवकको हत्या

काठमाडौं,५ साउन । सुनसरीमा गोली प्रहार गरी एक युवकको हत्या भएको छ ।

जिल्लाको धरान तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एकजनाको हत्या भएको हो । हत्या हुनेमा मोरङको विराटनगर निवासी २८ वर्षीय रोहित चौधरी रहेका छन् ।

उनीमाथि धरान इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्