Logo

‘मिस युनिभर्स नेपाल २०२३’को चौथो संस्करणको आवेदन खुल्यो

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुलेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले आवेदन खुल्ला भएको जानकारी दिएकी हुन् ।

मिस युनिभर्सको फ्रान्चाइजको रुपमा हुन लागेको यो चौंथो राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा भाग लिन चाहने सुन्दरीहरुले यही साउन १८ गतेसम्म आवेदन दिनसक्ने श्रेष्ठले बताइन् । उनले आगामी संस्करणलाई थप समावेशी बनाउने प्रयास भइरहेको बताइन् । अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्ष कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्