Logo

सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न कांग्रेस सांसद पौडेलको माग

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौंको सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् ।

मंगलबार संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षती हुने गरेको भन्दै सरोकारवालाहरुलाहरुको ध्यानाकर्षण गराए ।

उनले भने ‘सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्नुपर्‍यो,बाटो नै खोलाजस्तै भएको छ। यहाँ १३ वर्षका साजन मगर बाटो हिँड्दाहिँड्दै साउन ७ गते बेपत्ता भएका थिए । अहिलेलाई अस्थायी रूपमा भए पनि ढल व्यवस्थापन गर्नुपर्‍यो

प्रतिक्रिया दिनुहोस्