Logo

जेलमुक्त भए लालबहादुर बिक

आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि जेल जीवन बिताइरहेका सुनसरी इटहरीका लालबहादुर विश्वकर्मा बुधबार जेलमुक्त भएका छन्।

उनले मंगलबार ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरबाट सफाइ पाएका थिए। मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै सफाइ दिएपछि उनी रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्