सामाखुशी खोलामा बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो, मेयर बालेन माथि आरोप लागेपछि खनिए गाउँले
काठमाडौं -आज भन्दा १२ दिन पहिले काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
उनका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो। परिवारले काठमाडौं महानगरपालिकाको लाहपावाही कारणले १३ वर्षीय बालकको निधन भएको भन्दै आएका छन् । यसै बीचमा गाउँहरुले बालेन गरेको काम राम्रो छ । बालेनको कारणले होइन् भन्दै आएका छन् ।