दश दिनपछि त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवित उद्धार, नेपाली सेनाको हौसला बढ्यो

रसुवा । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा ठूलो मानवीय, भौतिक तथा आर्थिक क्षति पुर्‍याएको छ। बाढीले जनजीवन तहसनहस बनाउनुका साथै नेपाल–चीन स्थलमार्गसँग जोडिएको प्रमुख नाका रसुवागढीको संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। जलविद्युत् आयोजनाको हबका रूपमा चिनिने रसुवाका विभिन्न आयोजनामा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ।…