काठमाडौं - एनसेलले सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर सञ्चालनमा ल्याउँदै फोरजीलगायतका दूरसञ्चार सेवा विस्तार गरेको छ। नयाँ टावर सञ्चालनमा आएपछि मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाले मोबाइल तथा इन्टरनेट सेवामा थप सहज पहुँच पाएका छन्। स्थानीयको सञ्चार आवश्यकतालाई ध्यानमा राखेर टावर जडान गरिएको एनसेलले जनाएको छ। टावर सञ्चालनसँगै स्थानीय बासिन्दासँगै अपि हिमाल आरोहण,…