Logo

पूर्व उपकप्तान ज्ञानेन्द्र मल्लले बोलाए आकस्मिक पत्रकार सम्मेलन

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन्न्यास लिने तयारी गरेका छन् । पछिल्लो समय राष्ट्रिय टिममा परे पनि खेलमा खासै मौका नपाएका पूर्वकप्तान मल्लले सन्न्यासको घोषणा गर्ने तयारी गरेका हुन् ।
नेपाली क्रिकेट संघ (क्यान) स्रोतले पूर्वकप्तान मल्लले सन्न्यासको घोषणा गर्न सक्ने बताएको छ । पूर्वकप्तान मल्लले शुक्रबार (आज) दिउँसो पत्रकार सम्मेलन गर्दैछन् ।
उनले दिउँसो साढे २ बजे पत्रकार सम्मेलनमा उपस्थित हुन पत्रकारहरूलाई अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘मेरो व्यक्तिगत पत्रकार सम्मेलनमा उपस्थिति जनाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’ आकस्मिक पत्रकार सम्मेलन गरेकाले मल्लले सन्न्यास लिन लागेको अनुमान गरिएको छ । क्यानको निर्वाचन नजिकिँदै गएका बेला मल्लको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । क्यानको निर्वाचन असोज पहिलो साता हुँदैछ ।
श्रीलंकामा भएको इमर्जिङ कप नेपालले खेल्दा मल्ल टिममा परेका थिएनन् । क्यानले मल्लसहित केही सिनियर खेलाडीलाई आराम दिइएको बताएको थियो । इमर्जिङ कप खेले नेपाली टोली बिहीबार दिउँसोमात्रै नेपाल आइपुगेको छ । यसअघि जिम्बाब्बेमा नेपालले विश्वकप क्वालिफायर्स खेल्दा मल्ल टिममा थिए । तर, मल्ले दुई खेलमा मात्रै मौका पाएका थिए । बाँकी खेलमा मल्ललाई बेन्चमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्