Logo

सरकारको एकनिष्ठ उद्देश्य- सुशासन, सामाजिक न्याय र समृद्धि: उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको एकनिष्ठ उद्देश्यमा अगाडि बढिरहेको बताउनुभएको छ। गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको आव २०७९/८० को चौथो त्रैमासिक/वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति(MDAC)को बैठकलाई सोमबार सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।

‘गुणात्मक आर्थिक सामाजिक समृद्धिका लागि सुशासन पहिलो सर्त हो।’ बैठकमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो- ‘त्यसैले भ्रष्टाचार, अराजकता, दण्डहीनता र ठगी जस्ता अपराधको नियन्त्रण अहिलेको मुल प्राथमिकता हो।’ गृह मन्त्रालय र प्रहरी, अध्यागमन, बिपद जोखिम, परिचयपत्र पंजीकरण लगायत मातहतका सबै निकायहरूको कामलाई निरन्तर समिक्षासहित अझ व्यवस्थित तथा मर्यादित बनाइने र समग्र सुधार योजना बनाएर अगाडि बढिने मन्त्री श्रेष्ठले बताउनुभयो।

बैठकमा मन्त्रालय र अन्तर्गतका निकायका काम तथा योजनाहरू प्रस्तुत गरिएका थिए। र, त्यसबारे अन्तरक्रियात्मक समीक्षा भएको थियो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधिको समेत बैठकमा सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्