Logo

डाक्टर कर्णले ५ लाखमा बेचेका थिए बच्चा

विराटनगर, ५ भदौ कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले पाँच लाँखमा बच्चा बेचेको खुलेको छ ।

अविवाहित जोडीबाट विराटनगरको ग्रिनक्रस हस्पिटलमा जन्म भएकी नवजात शिशु डाक्टर कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीलाई नवजात शिशु बेचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । विवाह भएको एक दशक बितिसक्दा पनि दिलमायाका छोरा सूर्यनारायण राजवंशी दम्पतीको सन्तान भएको थिएन । सन्तान नभएपछि दिलमायाले छोरा–बुहारीका लागि नवजात शिशु लिन डा कर्णलाई पाँच लाख रुपैयाँ दिएको खुलेको प्रहरीले जनाएको छ ।

दुई लाख रुपैयाँ हस्पिटलमा उपचारमा खर्च भएको दिलमायाले प्रहरीलाई बयानमा बताएकी छिन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।

असार १३ गते अविवाहित जोडीबाट ग्रिनक्रस हस्पिटलमा छोरीलाई जन्म भएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । नवजात शिशु लिएर राजवंशी दम्पतीले विराट नर्सिङ होम गएका थिए । विराटनगरमा उपचारका क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् । नवजात शिशु लिने र बेच्ने डाक्टरलाई अहिले मोरङ प्रहरीमा राखेर अनुसन्धान भइरहेको एसपी दीपक पोखरेलले बताए ।

कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् ।

ती युवतीले ग्रिनक्रस अस्पतालमा ९ सय ५० ग्रामको स्वस्थ शिशुलाई जन्म दिएको भनिएको थियो । प्रारम्भिक अनुसन्धानबाट एक केजीभन्दा बढी तौल भएकी छोरीको जन्म भएको खुलेको छ । ती शिशु जन्मिने क्रममा डा कर्णको संलग्नता रहेको र शिशुको बन्दोबस्तका लागि बाबु गोविन्दबाट रकम लिएको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्