Logo

गायिका समीक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द, यस्तो छ कारण

काठमाडौं, भदौ ७ । गायिका समीक्षा अधिकारीको अष्ट्रेलीयाको भिसा रद्द भएको छ । अष्ट्रेलीयाको १ बर्षको भिसा रहेको अवस्थामा समीक्षाको भिसा रद्द गरिएको हो ।

फागूपूर्णिमामा अष्ट्रेलीयामा आयोजना भएको कार्यक्रममा पुग्दा समीक्षाले केयर टेकरको रुपमा आफ्नी दिदीलाई पनि साथमा लिएर गएकी थिइन् । समीक्षाले आफू १८ बर्ष नपुगेका ले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई समेत साथमा लिएर गएकी थिइन् । तर, उनकी दिदी नेपाल फर्किएकी छैनन् ।

यसपछि, तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि पनि समीक्षा अष्ट्रेलीया जाने तयारीमा थिइन् । उनको १ बर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनु पर्ने थिएन । तर, आफू १८ बर्ष नपुगेको ले केयर टेकरको आवश्यकता पर्ने भन्दै समीक्षाले आवेदन दिएकी थिइन् । केयर टेकरको रुपमा लैजान लागेको व्यक्तिको भिसा आवेदन दिइएको थियो । तर, समीक्षाको नै एक बर्षको भिसा समेत रद्द भएको छ ।

समीक्षाले पुनः भिसा आवेदन दिए पनि उनको भिसा आवेदन अझै होल्डमै छ ।

प्रतिक्रिया दिनुहोस्