Logo

गौहत्याको विरोधमा विभिन्न स्थानमा प्रदर्शन

काठमाडौं, ९ भदौ । हिन्दुवादीहरूले गौहत्याको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । धरानतर्फ गइरहेको र्यालीलाई प्रहरीले विर्तामोडको चारपानेमा रोकेको छ ।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रहरीले रोकेपछि ‘गौहत्या बन्द गर, गौहिंस्रकलाई कारबारी गर, गौमाताको जय होस्’ लगायतका नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा हिजो रातिदेखि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । धरानमा गोरु काटेर खाएको विषयमा हिन्दुधर्मालम्बीहरुले आन्दोलन गरेका हुन् ।

गाई जनवारमात्रै नभएर हिन्दुहरुको आस्थाको केन्द्र र संविधानले चिनेको राष्ट्रिय जनावार भएको बताउँदै उनीहरुले गौहत्या बन्द हुनुपर्ने र उक्त कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गरिनु्पर्ने माग राखेका छन् ।

धरान छिर्ने विभिन्न नाकाहरुमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्