Logo

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी २१ गतेका लागि सर्यो

काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आगामी भदौ २१ गतेका लागि तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको मुद्दा आज (आईतबार) हेर्न नभ्याइनेमा परेको थियो ।

क्रिकेटर लामिछाने मुद्दाको सुनुवाइ सरेपछि एसिया कप खेल्न पाकिस्तान जाने भएका छन् । उनी भोलि पाकिस्तान जाने तयारी रहेको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

उनीविरुद्धको मुद्दामा अर्को पेशी आगामी भदौ २१ गतेका लागि तोकिएको छ । ‘उहाँ भोलि पाकिस्तान जानुहुन्छ । अर्को पेशी २१ गतेका लागि तोकिएकाले उहाँ पाकिस्तान जान लाग्नु भएको हो,’– लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले अनलाईन टिभि नेपाललाई जानकरि दिय

प्रतिक्रिया दिनुहोस्