Logo

एसिया कप खेल्न सन्दीप भोलि पाकिस्तान जाने

काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान जाने भएका छन् । आज (आईतबार) सर्वोच्चले उनको मुद्दामा सुनुवाई नगरेपछि उनी भोलि पाकिस्तान जाने भएका हुन् ।

उनीविरुद्धको मुद्दामा अर्को पेशी आगामी भदौ २१ गतेका लागि तोकिएको छ । ‘उहाँ भोलि पाकिस्तान जानुहुन्छ । अर्को पेशी २१ गतेका लागि तोकिएकाले उहाँ पाकिस्तान जान लाग्नु भएको हो,’– लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले रिपोर्टर्स नेपालसँग भने ।

नेपाली क्रिकेट टीम यसअघि भदौ ५ गते नै पाकिस्तान गइसकेको छ । नेपालले एसिया कपमा समूह चरणमा भारत र पाकिस्तानसँग खेल्नेछ ।

नेपालले भदौ १३ गते पहिलो खेल पाकिस्तानसँग र दोस्रो खेल भारतसँग भदौ १८ मा श्रीलङ्कामा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्