Logo

पारसलाई बधाई दिँदै ओलीले भने: तपाईं अब क्रिकेट प्रशासनको क्याप्टेन!

काठमाडौं,१६भदौ । नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् ।

शुक्रबार ललितपुरमा भएको साधरणसभाबाट प्रतिस्पर्धी उमेश पियालाई भारी मतले हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

खड्का अध्यक्षमा निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् । शुक्रबार बेलुका सामाजिक सञ्जालमार्फत ओलीले पारसलाई शुभकामना दिएका हुन् ।

शुभकामनामा ओलीले पारसलाई क्रिकेट प्रशासनको क्यापटेनको उपमा दिएका छन् । उनले पारसको नेतृत्वबाट क्रिकेटको थप विकास हुने अपेक्षासमेत व्यक्त गरेका छन् ।

ओलीले भनेका छन् ‘पारस खड्कासँग कहिलेकाहीं कुरा हुँदा क्रिकेट खेलको सफलताका लागि यसको व्यवस्थापन वा प्रशासनिक पक्षको सुधार गर्नु पर्ने कुरा हुन्थ्यो। आज मैले सुनें उहाँ बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ। उहाँ पहिला क्रिकेट मैदानको क्याप्टेन, अब क्रिकेट प्रशासनको क्याप्टेन’ ।

प्रतिक्रिया दिनुहोस्