Logo

एसिया कपमा : वर्षाका कारण पाकिस्तान र भारत अङ्क बाँड्न बाध्य

एसिया कपमा : वर्षाका कारण पाकिस्तान र भारत अङ्क बाँड्न बाध्य पाकिस्तान र भारतबीचको एसिया कपको खेल रद्ध भएको छ । निरन्तरको वर्षाका कारण दोस्रो ईनिङ सुरु हुन नसकेपछि खेल रद्द भएको हो ।

श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शनिबार खेल रद्ध भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् । त्यसै कारण पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा स्थान बनाएको छ ।
पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो ।

भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय ईनिङ खेले ।
एक समय १४ दशमलब १ ओभरमा ६६ रन बनाउॅंदा ४ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।

पान्ड्याले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन बनाए ।
किशनले ८१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ८२ रन बनाए ।
जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४/१४ रन बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३/३ विकेट लिए ।

Rohit Sharma captain of India and Babar Azam captain of Pakistan during the Asia Cup 2022 cricket match between India and Pakistan at the Dubai International Cricket Stadium, Dubai, United Arab Emirates on the 28th August, 2022.
Photo by Deepak Malik / Creimas for Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE

पाकिस्तान यस खेलमा अंक बाडेसँगै सुपर फोरमा स्थान बनाउने पहिलो टोली बनेको छ ।सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ । यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । नेपालले भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्