Logo

नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन रवि लामिछाने र श्रीमति निकिता पैडेल श्रीलंका प्रस्थान्

काठमाडौं, १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने नेपाली राष्ट्रिय टिमको हौसला बढाउन श्रीलंका प्रस्थान गरेका छन् ।

एशिया कपमा भोलि (सोमबार) नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ पहिलो खेलमा नेपालले पाकिस्तानसँग नमिठो हार व्यहोरेको थियो श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ लामिछानेसँग श्रीमती निकिता पौडेल र नेता दिपक बोहोरापनि श्रीलंका प्रस्थान गरेको रास्वपाले जनाएको छ ।

यसअघिनै पूर्व क्रिकेटर शक्ति गौचनपनि नेपाली खेलाडिलाई हौसला बढाउन श्रीलंका पुगिसकेका छन् । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भोलि भारतलाई हराउन सके नेपाल अर्को चरणमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्