Logo

चर्को आलोचनापछि बालेनले हटाए ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस

काठमाडौं,१८ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् । चौतर्फी आलोचनापछि शाहले उक्त स्ट्याटस हटाएका हुन् ।

शनिबार साँझ आफ्नी पत्नी सविना काफ्ले सवार सवारीलाई ट्राफिक प्रहरीले चेकिङका क्रममा रोकेपछि आक्रोशित बनेका शाहले अब आइन्दा आफ्नो गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । तर, जिम्मेवार ओहदामा बसेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै शाहको आलोचना भएको थियो ।

बालेन्द्रले शनिबार राति लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

तीव्र आलोचना भएपछि उनले आइतबार सचिवालयका तर्फबाट बचाउमा विज्ञप्तिसमेत निकाल्न लगाएका थिए । बालेन भने हाल आज हुने नेपाल र भारतबीचको क्रिकेट हेर्न श्रीलंका प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्