Logo

स्क्रब टाइफसले लिग्यो एक महिलाको ज्यान

अनलाइन टिभी नेपाल काठमाडौं, स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिएका छन् । स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिएका छन् ।

स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, शरीरका मुख्य अङ्गहरुले काम गर्न छाड्नुलगायत लक्षण देखिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्