Logo

म्याद थपका लागि अनमोललाई आज अदालत लाने तयारी

काठमाडौं,१४ असोज । शुक्रबार साँझ पक्राउ परेका चर्चित नायक अनमोल केसीलाई आज अदालतमा बुझाईने भएको छ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र रावायणमा काम गर्नका लागि एग्रिमेन्ट गरेर पछि धोका दिएको आरोपमा पक्राउ परेका केसीलाई आज म्याद थपका लागि अदालतमा लगिने भएको हो ।

शुक्रबार भक्तपुरबाट पक्राउ परेपनि अस्वस्थ भएपछि चिरायु अस्पतालमा भर्ना भएका केसीलाई अस्पतालबाटै काठमाडौं जिल्ला अदालतमा लगिने भएको छ । उनीविरुद्ध रावायण चलचित्रमा काम गर्न १० लाख दिएर काम गर्न नआएको भन्दै आर्थिक विश्वासघातको मुद्दा चलाउने सरकारी वकिलको तयारी छ । अदालतले म्याद थपको अनुमति दिए उनी हिरासतमा बस्नुपर्नेछ भने दुई पक्षबीच सहमति भएमा साधरण तारेखमा रिहा हुनेछन् ।

फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिकबापत दिएको रकम फिर्ता मागेका थिए। तर प्राविधिकहरुले त्यो रकम घर खर्च भइसकेको र तिर्न नसक्ने काम गर्ने बताएपछि निर्माता र प्राविधिक प्रहरी गुहार्न पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्