Logo

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौं,१४ असोज । सरकारले नेपाल आयल निगमले शनिबार वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ ) र खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २१५ रुपैँयाले बढाएको थियो ।

चाडपर्वको मुखमा अत्याधिक रुपमा मुद्यय वृद्धि गरेको भन्दै नागरिकमा आक्रोश बढेपछि प्रधामन्त्री प्रचण्डले सक्रियता देखाएका थिए । उनले अन्ततः आयग निगमविरुद्ध एक्सनमा उत्रिँदै नयाँ मुल्य लागु नगर्ने निर्णय गराएका छ्न ।

प्रतिक्रिया दिनुहोस्