Logo

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । ।

भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय बनाए । ४९ बल खेलेका उनी १०० रन बनाएर आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपेन्द्रले दुई विकेट लिए । दीपेन्द्रले भारतका कप्तान रितुराज गायकवाडको समेत विकेट लिएका थिए । उनी २३ बलमा २५ रन बनाएर आउट भए ।

भारतका लागि रिंकु सिंहले ३७ रन बनाए । यस्तै शिवम दुवे र रुतुराज गायकवाडले २५ रन बनाए । सन्दीप लामिछानेले एक विकेट लिए । उनले भारतका जितेश शर्मालाई आउट गरे । चार बल खेलेका शर्मा ५ रन बनाएर आउट भए ।

सोमपाल कामीले भारतका तीलक वर्मालाई आउट गरे । १० बल खेलेका वर्मा २ रनमै आउट भए । नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् ।

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो ।​ आजको विजेता टोली सेमिफाइनल पुग्नेछ । नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्