Logo

बझाङमा ५.३ म्याग्निच्युडको भूकम्प, अर्को पनि धक्का

काठमाडौं । बझाङमा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धानकेन्द्रले जनाएको छ

यो परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । उनका अनुसार, सोही क्षेत्रमा अर्को पनि धक्का मापन गरिएको छ । त्यसको म्याग्निच्युड यकिन गर्ने कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्