Logo

दसैंका लागि नयाँ नोट असोज २९ गतेदेखि साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैं र तिहारका लागि असोज २९ गतेदेखि नयाँ नोट साट्ने सुविधा दिने भएको छ ।
गत वर्ष जस्तै यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैँयाका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको हो ।

दसैं, तिहार र छटलाई लक्षित गरी घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने गरी गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यो वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्युआर कोड अन्र्तगत भुक्तानी गर्न आग्रह गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्