Logo

रिगलको आममाफीविरुद्धको रिट श्रेष्ठ,भट्टराई र रेग्मीको पूर्ण इजलासमा

काठमाडौं,२५ असोज । बाँकेका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पाएको रिगल भनिने गुण्डा नाइके योगराज ढकालको आममाफी विरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ ।

रिट सुनुवाइका लागि बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेको पूर्ण इजलासमा पेशी तोकिएको छ ।

२०७२ असार २८ गते दुई समूहबीच विवाद हुँदा चेतनको हत्या भएको थियो । उक्त हत्यामा संलग्न रहेका रिगललाई २०७५ बैशाखमा जिल्ला अदालत बाँकेले जन्मकैदको सजया सुनाएको थियो । नेपाली कांग्रेसका नेतासमेत रहेका उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र गृहसचिव दिनेशकुमार भट्टराईको जोडबलमा राष्ट्रपति रामचन्द्र पौडेलले नवौं संविधान दिवसको अवसरकमा गत असोज ३ गते आममाफी दिएका थिए ।

आफ्ना श्रीमानको हत्या आरोपीलाई उन्मुक्ति दिएपछि चेतन पत्नी भारती मानन्धरले सर्वोचमा रित हालेकी थिईन् । उनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्