Logo

स्वदेश फर्किन इजरायलको विमानस्थलमा भेला भए २५० जना नेपाली

काठमाडौं,२५ असोज । गत शनिबार इजरायलमा रहेको प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणपछि इजरायलबाट नेपाल फर्किन चाहने २५० जना नेपाली नेपाल एयरलाइन्सको जहाज चढ्न अहिले त्यहाँस्थित तेलअभिभ एयरपोर्टमा भेला भएका छन्स

को आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज त्यहाँ पुगेको थियो । जसमा परराष्ट्रमन्त्री एनपी साउदसहितका अधिकारीहरु इजरायल गएका छन् ।

काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट बिहीबार साढे ३ बजे उडेको ए ३३० विमान दुबई विमानस्थलमा अवतरण गरी स्थानीय समयानुसार बिहान १० बजेर ४६ मिनेट जाँदा त्यहाँबाट इजरायलका लागि उडिसकेको परराष्ट्र मन्त्रालयका अुनसार नेपालबाट गएको विमान इजरायलमा स्थानीय समयाअनुसार बिहान ११ बजेर १० मिनेट जाँदा अवतरण गर्नेछ। जहाज त्यहाँ दुई घण्टा बस्नेछ।

त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ।

हमासले गरेको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो। उक्त आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको शव भने तत्काल नेपाल नआउने भएको छ । युद्धग्रस्त मूलुकमा विभिन्न प्रकारका प्रोटोकल पूरा गर्नुपर्ने भएको कारण तत्कालै उक्त शव नेपाल ल्याउन नसकिने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्