Logo

राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहको मोटरसाइकल र्‍याली

काठमाडौं । राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरेका छन् ।

शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्‍याली गरेका हुन् ।

उनीहरुले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए । उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग गरे ।

अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्