Logo

बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौं,२८ असोज । एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । मेलिसियामा जारी खेलमा नेपालले आइतबार बहराईनलाई हराएसँगै नेपालले दोस्रो जित हाँसिल गरेको हो । नेपालले बहराइनलाई ७ विकेटले हराउँदै सहज जित निकालेको हो ।

बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा मात्रै तीन विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान देव खनाल र अर्जुन कुमालले समान ३२ रन जोड्दै टिमलाई सजह जिततर्फ लम्काएका थिए । २७ बल सामना गरेका कप्तान देवले १ छक्का र ४ चौका हिर्काए भने ३१ बल सामना गरेका अर्जुनले ५ चौका हिर्काए ।

पहिलो ओभरमै ५ रन बनाउँदा नेपालले २ विकेट गुमाएको थियो । ओपनरद्धय दीपक बोहारा र उत्तम थापा मगर ५ रनमै पेबेलियन फर्किएका थिए । त्यसपछि आएका दीपकप्रसाद डुम्रेपनि २ रनमै आउट भएका थिए ।

चौथो विकेटका लागि कप्तान देव खनाल र अर्जुन कुमालले ६४ रनको उत्कृष्ट साझेदारी गर्दै नेपालले सहज जित निकालेको हो । यसअघि टस जितेको हराइनले पहिले ब्याटिङ गर्दै ३८ ओभरमा अलआउट हुनुअघि ७७ रन बनाएको थियो । नेपालका लागि दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । ९ दशमलव ५ ओभर बलिङ गरेका दिपेशले मात्र ४ रन खर्चिए । ८ ओभर बलिङ गरेका दुर्गेशले २२ रन दिए ।

बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । नेपालले १७ रन एक्स्ट्रा दिएको थियो ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।

नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २७४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । २ खेलबाट ४अंक जोड्रदै नेपाल तालिकाको पहिलो स्थानमा आसिन छ ।

प्रतिक्रिया दिनुहोस्