Logo

लाओसलाई पराजित गर्दै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं,३० असोज । फिफा विश्वकप-२०२६ को प्रारम्भिक छनोटको दोस्रो खेलमा लाओसविरुद्ध १-० को जित निकाल्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा खेलको ५२औं मिनेटमा नेपालका मनिस डाँगीले गरेको गोलनै निर्णायक बन्न पूग्यो । डाँगीले अञ्जन विष्टको पासमा उत्कृष्ट गोल गरे । दोस्रो चरणमा प्रवेश गर्नका लागि नेपालका लागि यो खेल महत्वपूर्ण रहेको थियो ।

नेपाल र लाओसबीच बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा युएई, बहराइन र यमनसँग खेल्नेछ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए ।

प्रतिक्रिया दिनुहोस्