Logo

इजरायलस्थिति नेपाली राजदूतावासले भन्योः ‘विपिनको खोजी कार्य तीब्र पारिएको छ’

काठमाडौं, ३० असोज । विद्रोही समूह हमासको आक्रमणमा परी बेपत्ता रहेका विपिन जोशीको अवस्था अझै अज्ञात छ । इजरायलस्थिति नेपाली राजदूतावासले विपिनको खोजी कार्य तीब्र पारिएको बताएको छ । आज (मंगलबार) विज्ञप्ति जारी गर्दै राजदूतावासले उपलब्ध सम्पूर्ण संयन्त्र÷माध्यमहरुको प्रयोग गरी खोजी भइरहेको बताएको हो ।

‘उपलब्ध सम्पूर्ण संयन्त्र/माध्यमहरुको प्रयोग गरी सम्पर्क विहीन रहेका विपिन जोशीको खोजी कार्यलाई अझै तीब्र पारिएको छ,’– विज्ञप्तिमा भनिएको छ ।

विपिनका परिवारले हिजो (सोमबार) गौरीगंगा नगरको नवनिर्मित भवन उद्घाटन गर्न चौमाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खोजी गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

विपिन परिवारका एक्ला छोरा हुन् । सुदूरपरिमाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त टीकापुर बहुमुखी क्याम्पसमा कृषि संकायमा अध्ययन गरी लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत विपिन गत भदौ २६ गते इजरायल गएका थिए । गत असोज २० गते इजरालयमा हमासको आक्रमणमा परी हालसम्म वेपत्ता रहेका उनलाई सोही विद्रोही समूहले अपहरण गरेको बुझिएको परिवारको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्